दफा ३०
काममा लगाउन सकिने
(१) कार्यालयले यस ऐन बमोजिम गणना, सर्वेक्षण वा तथ्याङ्क सम्बन्धी अन्य कार्यको लागि सङ्घ, प्रदेश वा स्थानीय तहका कर्मचारी माग गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम कर्मचारी माग भई आएमा सम्बन्धित निकायले कर्मचारी खटाउन सक्नेछ।
(३) कार्यालयले कुनै गणना, सर्वेक्षण वा तथ्याङ्क सम्बन्धी अन्य कार्य तथा लगत प्रशोधनका लागि व्यक्ति वा संस्थासँग करार गरी सेवा लिन सक्नेछ।
(४) उपदफा (१) बमोजिम खटाइएको कर्मचारीलाई दिइने सुविधा तथा उपदफा (३) बमोजिम सेवा करारमा लिने प्रक्रिया, सेवा करारमा लिइएका व्यक्तिको सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ।